२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपा सचिवालय बैठक आज बस्दै

प्रधानमन्त्री ओली उपस्थित नहुने ! : “बैठक चल्ने, एजेण्डा स्थायी समिति बैठकमा ”

बरिष्ठ नेता नेपाल बोल्न थाले : ‘बिबादले अब निष्कर्ष पाउने विश्वास’ 

बुधवार , मंसिर १७, २०७७

 

काठमाडौं, मंसिर । मंगलबार बसेको बैठकमा गम्भीर चर्काचर्की, बिबाद र भनाभनपछि आजलाई सारिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय  बैठक आज दिनको १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली उपस्थित नहुने संभावना रहेको स्रोतले जनाएको छ । 
बैठक भने ओली उपस्थित  नभएपनि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा सञ्चालन गरिने एक सचिवालय सदस्यले डेमोखबरलाई बताए ।  र, आजको सचिवालय बैठकले सबैखालका एजेण्डा भोलिको स्थायी समिति बैठकमा  लगिने जनाइएको छ । 
एक सचिवाय सदस्यका अनुसार, आजसम्म बरिष्ठ नेता माधवकुमार नेपाल बोलेका थिएनन्, मंगलबारको बेठमा उनले मुख खोले, अब विवादले निकाश पाउँछ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार