सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य रघुजी पन्त अस्पताल भर्ना भएका छन् । पेटसम्बन्धी समस्या देखिएका कारण नेता पन्त काठमाडौं मोडल अस्पताल भर्ना भएका हुन् ।
नेता पन्त बिहीबार अस्पताल भर्ना भएको परिवारले जनाएको छ । पन्तको अवस्था सामान्य रहेको र एक साता अस्पतालमै आराम गर्न चिकित्सकले सुझाव दिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।