काठमाडौँ, मङ्सिर । संसद्को संसदीय सुनुवाइ समितिले विभिन्न संवैधानिक आयोगमा रहेको रिक्ततालाई पदपूर्ति गर्न निर्देशन दिएको छ । समितिको बिहीबार बसेको बैठकले रिक्त भएका आयोगहरूमा पदपूर्ति गर्न निर्देश गरेको हो ।
समिति बैठकमा सभापति लक्ष्मणलाल कर्णले भने, ‘संविधानको संवैधानिक आयोगमा पदपूर्ति भएको छैन । र, त्यो आयोग, निकाय पूर्ति नभए संविधान नै पूर्ण हुँदैन ।
त्यो पूर्णताका लागि आयोगको पूर्णता पाउनुपर्छ । संवैधानिक परिषदमा कोरम पुगेन भन्ने हाम्रो समस्या हाेइन । उनीहरूले पुऱ्याउनुपर्छ । तर, रिक्त भएका स्थानहरू अविलम्ब पूरा गर्नुपर्छ ।’
त्यस्तै, समावेशी ऐन निर्माणका लागि संसद् विधेयक ल्याउन पनि समितिले सरकारलाई निर्देशन दिएको छ । प्रधानमन्त्रीलाई समितिमा उपस्थिति हुन पनि समितिले आग्रह गरेको छ ।
समितिले आजको बैठकमा प्रधानमन्त्री केपी ओलीलाई निमन्त्रण गरे पनि उनी उपस्थित भएनन् । समितिले लामो समयदेखि प्रधानमन्त्रीलाई बैठकमा बोलाए पनि उनी नआएको समिति सदस्यहरूको इ ।
कर्ण भन्छन्, ‘उहाँले कहिले पनि नाइँ भन्नुभएन । समय निर्धारण गर्दा के हुने रहेछ, रहेछ । प्रधानमन्त्रीलाई पुनः आगामी दिनमा बोलाउन आग्रह गर्नेछाैँ ।’