२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

प्रधानमन्त्री भन्छन्- 'अब कोही अनाथ हुनु पर्दैन, सरकार छ'

बिहिवार , मंसिर ११, २०७७

काठमाडौँ, मङ्सिर  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले अब कसैलै अनाथ वा सहाराविहीन भएँ भन्नु नपर्ने बताएका छन् । 

सामाजिक सुरक्षा दिवसका अवसरमा आज भिडिओ सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले साहाराबीहिनको साथमा सरकार रहेको बताएका हुन् । 

उनले भिडिओ सन्देशमा भनेका छन्– अनाथ भएँ भनेर, रेखदेख गर्ने कोही छैन भन्नुपर्ने अवस्था छैन। सहारा छैन भन्नुपर्दैन। सरकार छ। राज्य छ।’

प्रधानमन्त्री ओलीले देश र जनताप्रति निष्ठा भएको सरकारले कसैलाई पनि एक्लो नछोड्ने र एक्लो महशुस गर्न नदिने बताएका छन् । 

योगदानमा आधारीत सामाजिक सुरक्षा अवधारणा सुरू गरिसकेकाले कसैलाई जीवनयापन गर्न असहज नहुने उनको भनाइ छ। 

सरकारले मंसिर ११ लाई सामाजिक सुरक्षा दिवसका रूपमा मनाउँदै आएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार