२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

सभामुख सापकोटाले भने : " संसदको हिउँदे अधिवेशन सुरु गर्न तयारी हुँदै"

सोमवार , मंसिर ८, २०७७

 

काठमाडौं,  मंसिर । संसदको हिउँदे अधिवेशन सुरु गर्न तयार रहेको सभामुख अग्निप्रसाद सापकोटाले बताए  । संसद सचिवालयमा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले  भने, कोरोना महामारीको समयमा संसद चलाउन विभिन्न विकल्पसहित तयारी अवस्थामा  छाै ।

‘सकेसम्म चाडो संसद राख्नका लागि छलफल हुँदैछ । संसद सञ्चालनका लागि धेरै विकल्पहरु एक, दुई, तीन गरेर सबै तयारी गरिएको छ’ संसद सचिवालयमा सांसद मोहन पाण्डेको सपथपछि उनले भने ।

हिउँदे अधिवेशनमा सरकारले ल्याएका अध्यादेशबारे पनि छलफल हुने सभामुख सापकोटाले बताए । बजेट पारित गरेपछि सकिएको संसद अधिवेशन अहिलेसम्म आह्वान गरिएको छैन ।

संसदको अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने व्यवस्था छ ।

‘संसद सञ्चालनका लागि सचिवालय तयार छ, सरकारले बोलाउँदा हुन्छ भन्न खोजेको हो ?’ भन्ने  प्रश्नमा सभामुखले सापकोटाले भने, ‘हामी हाम्रो तयारीमा छौँ । सरकारसित पनि कुरा चलिरहेको छ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार