२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

समायोजन नभएका कर्मचारीलाई यथास्थानबाटै सेवा दिन निर्देशन

सोमवार , मंसिर ८, २०७७

काठमाडौं, मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश र  स्थानीय तहमा समायोजन भइ रमना लिन बाँकी रहेका स्वास्थ्यकर्मीलाई हाल कार्यरत कार्यालयमै खटिन निर्देशन दिएको छ ।

कोभिड अवधिभर ती स्वास्थ्यकर्मीलाई हाल कार्यरत स्थानमै खटिएर सेवा दिन मन्त्रालयको सचिवस्तरिय बैठकले निर्देशन दिएको हो । कर्मचारी कार्यरत कार्यालयलाई त्यहीबाट तलब खुवाउन समेत सरकारले  निर्देशन दिएको छ ।

हाल अस्पतालमा कार्यरत तर अन्य कार्यालयमा समायोजन भएका स्वास्थ्यकर्मीहरुलाई पनि कोभिड अवधिभर रमना नदिई साविक अस्पतालले काममा लगाइ तलब भत्ता ख्वाउनुपर्ने भएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार