२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

कांग्रेस सांसद मोहनप्रसाद पाण्डेले लिए सपथ

सोमवार , मंसिर ८, २०७७

काठमाडौं, मंसिर।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मोहनप्रसाद पाण्डेले सपथ ग्रहण गरेका छन् ।

समानुपातिक निर्वाचन पद्धतिबाट प्रतिनिधिसभा सदस्य चयन भएका स्याङ्जाका पाण्डेलाई सभामुख अग्नि सापकोटाले सोमबार पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको गत कात्तिक १७ मा निधन भएपछि उक्त रिक्त पदमा नेपाली कांग्रेसले पाण्डेलाई चयन गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार