२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

चिनियाँ राजदूत याङ्छी र अध्यक्ष दाहालबीच आधा घण्टा भेटवार्ता, छलफलको विषय गोप्य

सोमवार , मंसिर ८, २०७७

काठमाडौं, मंसिर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आन्तरिक कलह बढेसँगैं नेपालका लागि चिनियाँ राजदूत हाउ याङ्छीको सक्रियता पनि बढेको छ ।

केही समय अघि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेटेकी यान्छीले आज अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्नुभएको छ ।

प्रचण्डलाई भेट्न राजदूत याङ्छी सोमबार प्रचण्ड निवास खुमलटार पुग्नुभएको थियो । अध्यक्ष प्रचण्ड र राजदूत याङछीवीच करिव आधा घण्टा छलफल भएको स्रोतले बताएको छ ।

भेटवार्तामा के के विषयमा छलफल भयो भन्ने नखुलेपनि उहाँहरुबीच नेकपाको आन्तरिक विवाद र चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणका बारेमा छलफल भएको बुझिएको छ ।

चिनियाँ रक्षामन्त्री वइफेङ्हे यही मंसिर १४ मा नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार