२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

भट्टराई दम्पती कोरोनामुक्त

सोमवार , मंसिर ८, २०७७

काठमाडौं, मंसिर।  पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई दम्पती कोरोना संक्रमणबाट मुक्त भएका छन्।

जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष डा. भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफू र पत्नी हिसिला यमी कोरोना संक्रमणबाट मुक्त भएको जानकारी दिएका हुन्।

आएतबार नेता भट्टराईले फेसबुकमा लेखेका छन्, ‘कोरोनासँग युद्धविराम गरियो, नेगेटिभ रिपोर्ट प्राप्त गरियो। सबैलाई धन्यवाद!’ 

७ कात्तिकमा भट्टराई दम्पतीमा कोरोना पुष्टि भएको थियो। संक्रमणपछि उनीहरु होम आइसोलेसनमा बसेका थिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार