२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेता गगन थापाले भने : “प्रम ओली अनैतिक र भ्रष्ट, सरकारको नेतृत्व गर्न अयोग्य” 

आइतवार , मंसिर ७, २०७७

 

कठमाडौँ, मंसिर । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री के पी शर्मा ओली असक्षम, अनैतिक र भ्रष्ट हुनुभएकाले सरकारको नेतृत्व गर्न अयोग्य हुनुभएको  बताएका छन ।

उनले सामाजिक सञ्जालमा भनेका छन, नेकपा अध्यक्षको पत्रमा ठहर भएको बिषय अब सार्वजनिक सरोकारको भइसक्यो । जुन तपाईँहरूको मन पखालिएर पखालिँदैन, भनेका छन । उनले सामाजिक सञ्जालमा  ब्यक्त गरेका शब्द : 

"प्रधानमन्त्रीज्यू, पुष्पकमल दाहाल (प्रचण्ड) ज्यू, कसले कसलाई फकाउने हो, कसले कसलाई तर्साउने हो, तपाईँहरू नै जान्नुहोस् ? तर याद राख्नुहोस, प्रधानमन्त्री ओली, असक्षम, अनैतिक र भ्रष्ट हुनुभएकाले सरकारको नेतृत्व गर्न अयोग्य हुनुभएको नेकपा अध्यक्षको ठहर अब सार्वजनिक सरोकारको विषय भइसक्यो । जुन तपाईँहरूको मन पखालिएर पखालिँदैन।


– गगनकुमार थापा

नेकपाभित्र बिबाद भइरहँदा नेता थापाले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार