२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

ओली - देउवा भेट : "संबैधानीक नियुक्ति र राजनीतिक सहयोगको आग्रह"

आइतवार , मंसिर ७, २०७७

 

काठमाडौं, मंसिर।  प्रधानमन्त्री केपी शर्मा ओलीले  प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुृर देउवासंग भेटवार्ता गर्नुभएको छ ।  शनिबार भएको भेटमा रिक्त  संवैधानिक निकाय र विश्वविद्यालयका उपकुलपतिहरुको नियुक्तिबारे छलफल हुनुका साथै नेकपाभित्र पछिल्लो समयमा देखिएको अन्तरबिरोधका बारे दुई नेताबीच कुृरा भएको जनाईएको छ । सत्तारुढ दल नेकपाको विवाद उत्कर्षमा पुगेको बेला भएको यो भेटलाई अर्थपूर्ण  रुपमा लिईएको छ । 

नेता रमेश लेखकलाई लिएर  बालुवाटार पुग्नु भएका नेता देउवाले प्रधानमन्त्री ओलीसंग  करिब डेढ घण्टा जति छलफल गर्नुभएको थियो ।  

दुई शिर्षतहमा  छलफल पछि दुई नेताले संवैधानिक निकायमा पदाधिकारी  नियुक्त तथा  विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि सहजिकरण गर्न  जिम्मा दिएका छन् ।

हाल विभिन्न संवैधानीक निकायमा ४८ पद रिक्त रहेको छ भने अधिकासं विश्वबिद्यालयमा उपकुलपति सहित  पदाधिकारी रिक्त रहेको छ ।

साथै प्रधानमन्त्री ओलीले पार्टीभित्रबाट आफुलाई असहयोग भएको भन्दै परिस्थिती फेरिएमा सहयोग गर्न देउवासंग आग्रह गर्नुभएको जनाईएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार