२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपाभित्रको बिबाद

नेकपा उपाध्यक्ष वामदेव गौतमले  भने : " पार्टीमा विभाजन आउँदैन "

'सरकारले घोषणापत्र अनुसार काम गरेन'

शनिवार , मंसिर ६, २०७७

 

 दाङ, मंसिर ।  मुलुक समृद्धिका मार्गमा अघि बढेको र सरकारले घोषणापत्र अनुसार काम गर्नुपर्ने धारणा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले  राखेका छन  । उनले भने, पार्टीमा विभाजन नआउने बताएका छन्  ।

तुलसीपुर उपमहानगरपालिकाद्वारा शनिबार आयोजित भेटघाट कार्यक्रममा गौतमले पार्टीभित्रका केही आन्तरिक समस्या समाधान गर्न आफूहरूले निरन्तर पहल गरिरहेकोबताए । उनले भने, ‘म कुनै गुटमा छैन, म सधैं गुटको विपक्षमा हुन्छु । मैले पार्टी एकतालाई जोड दिएको छु, पार्टी कुनै पनि हालतमा फुट्दैन ।’

पार्टी एकताका क्रममा देखिएका केही विषयलाई तत्कालीन समयमा समाधान नगरिँदा अहिले समस्या आएको उनको भनाइ छ ।

पार्टीमा दुई अध्यक्षले बैठकको कार्यसूची तय गर्ने र त्यसैका आधारमा सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बस्ने उनले बताए  ।

पार्टीभित्र फरक विचार राख्नाले पार्टीलाई झनै चलायमान र सुदृढ बनाउने भन्दै  उपाध्यक्ष गौतमले मुलुक समृद्धिका मार्गमा अघि बढेको र सरकारले घोषण पत्रअनुसार काम गर्नुपर्नेसमेत धारणा राखे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार