२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपाभित्रको बिबाद

नेकपा सचिवालय बैठक सम्पन्न : "१८ गते स्थायी र २५ मा केन्द्रीय कमिटीको बैठक बोलाइयाे"

प्रधानमन्त्री ओली : 'छुट्टै राजनीतिक प्रस्ताव अाउने'

बुधवार , मंसिर ३, २०७७

 

काठमाडौं,  मंसिर । बुधबार बसेकाे  सत्तारुढ दल   नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे बैठक सम्पन्न भएकाे छ ।  साे बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले छुट्टै राजनीतिक प्रस्ताव पेस गर्ने जनाएका छन ।

बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकमा ओलीले छुट्टै प्रस्ताव ल्याउने बताएका हु न् । यसअघि २८ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रस्ताव पेस गरेका थिए ।

साथै सचिवालय बैठक माग गर्दै पाँच नेताले लेखेको २ पन्ने पत्र, त्यसको जवाफमा ओलीले प्रचण्डलाई लेखेको १० पन्ने पत्र र प्रतिउत्तरमा प्रचण्डले लेखेको सात पन्ने पत्र र अन्तर पार्टी निर्देशन (अपानि) समेत वितरण भएको थियो ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,  अध्यक्ष ओलीको प्रस्ताव समेतलाई ध्यानमा राखेर सचिवालय बैठक १० दिनका लागि स्थगित भएको छ ।

१३ गते ओलीले प्रस्ताव पेस गरेपछि सचिवालयमा सबै प्रस्तावमाथि छलफल हुनेछ । साथै १८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको छ ।

यसअघि स्थायी कमिटीले १५ कात्तिकमा तोकेको केन्द्रीय कमिटी बैठक एक महिनालाई सारिएको थियो । अब थप दिन पर धकेलिएको छ ।

र, याे पनी, 

https://demokhabar.com/news/7004

नेकपा सचिवलय बैठक वालुवाटारमा :  “प्रचण्ड–माधव पक्षले स्थायी समिति बैठक बोलाउने संभावना” 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार