काठमाडौ, मंसिर । बुधबार बस्ने भनिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठकको समयमा नै प्रधानमन्त्री केपी ओलीले मन्त्रीपरिषद बैठक राखेका छन । बैठकका लागि सबै मन्त्रीलाई खबर गइसकेको बालुवाटार स्रोतले जनाएको छ ।
ओली पक्षले बैठकमा सहभागी नहुने संभावना रहेको जनाइएको छ । ओलीले प्रचण्ड–माधव पक्षलाई केही दिन पछाडि सार्न प्रस्ताव गरेका थिए । प्रचण्ड–माधव पक्ष भने ओली पक्ष नआए पनि बैठक राख्ने र स्थायी समिति बैठक बोलाउने संभावना रहेको जनाइएको छ ।
निकै लामो कसरतपछि ओली पक्षले सहमति जनाएपछि कात्तिक २८ देखि बैठक सुरु भएको थियो । र, सो सचिवालय बैठकले भोलि (बुधबार) दिउँसो १ बजे बालुवाटारमा बस्ने गरी तय गरिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको बैठक केही दिन पछि सार्न कार्यकारी अध्यक्ष प्रचण्डलाई प्रस्ताव गरेको भएपनि प्रचण्डले भने बैठक सार्ने र नसार्ने कुरा बैठकबाटै टुंगो लगाउनुपर्ने स्रोतले डेमोखबरलाई बताएका छन ।