२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपाभित्रको बिबाद

नेकपा सचिवालय बैठक : “ओली भन्छन :  केही दिनलाई सारौँ, प्रचण्ड भन्छन : बैठकले नै निर्णय गर्नुपर्छ” 

ओली पक्षका नेता बैठकमा सहभागी नहुने !

मंगलवार , मंसिर २, २०७७


काठमाडौ, मंसिर  । बुधबार बस्ने भनिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक केपी ओली पक्षले केही दिन पछाडि सार्न प्रचण्ड – माधव पक्षसँग प्रस्ताव गरेका छन ।  निकै लामो कसरतपछि ओली पक्षले सहमति जनाएपछि कात्तिक २८ देखि  बैठक सुरु भएको थियो । र, सो  सचिवालय बैठकले  भोलि (बुधबार)  दिउँसो १ बजे बालुवाटारमा बस्ने गरी तय  गरिएको थियो । 
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको बैठक केही दिन पछि सार्न कार्यकारी अध्यक्ष प्रचण्डलाई प्रस्ताव गरेको भएपनि प्रचण्डले भने बैठक सार्ने र नसार्ने कुरा बैठकबाटै टुंगो लगाउनुपर्ने स्रोतले डेमोखबरलाई बताएको छ । ‘बुधबार बैठक बसौं, त्यहीँबाट जे निर्णय गर्ने हो गरौंला’ भनेर प्रचण्डले जवाफ दिएको एक नेताले बताए ।
गत शुक्रबारको बैठकमा प्रचण्डले  अर्का अध्यक्ष ओलीमाथि विभिन्न आरोप लगाउँदै १९ पृष्ठ लामो प्रस्ताव पेश गरेका छन । बुधबारको बैठकमा सो प्रस्तावमाथि छलफल हुनुपर्ने प्रचण्डले आफ्नो अडान  राखेका छन । ओली पक्ष चाहिँ प्रचण्डको सो प्रस्तावमाथि छलफल नभई होइन फिर्ता हुनुपर्ने अडान राख्दै आएको  जनाइएको छ । 

प्रधानमन्त्री ओलीले प्रचण्डको प्रतिवेदनलाई वाहियात र झूठको संज्ञा दिँदै आफूले त्यसको जवाफ नदिने बताइरहेका छन । बुधबारको बैठक स्थगित गर्ने ओलीको प्रस्तावमा प्रचण्डले नमानेपछि बैठक नरोकिने लगभग निश्चित जस्तै देखिएको छ । तर, सो बैठक नरोकिने भएपछि  ओली पक्षका नेता भने सहभागी हुने या र नहुने भनेर निश्चित नभएको जनाइएको छ । 
प्रचण्ड – माधव पक्ष भने सहमतिकै आधारमा बैठकको मिति तय भएकाले बहुमत सदस्यको उपस्थितिमै भए पनि बैठक बस्ने बताउँछन । बुधबारको सचिवालय बैठकबाट स्थायी कमिटीको बैठकको मिति तय गर्ने प्रचण्ड – माधव खेमाको तयारी रहेको बुझिएको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार