काठमाडौं, कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अाज बस्दैछ। सोमबारका लागि बोलाइएको बैठक सरेको हो।
पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति सार्वजनिक गर्दै बैठक सरेको जानकारी गराएका हुन्।
‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७७ कात्र्तिक २८ गते शुक्रबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएको छ ।
उक्त बैठक २०७७ कात्र्तिक २८ गते शुक्रबार दिनको १ बजे बस्ने भएको छ’, मुख्यसचिव पौडेलले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ।’