काठमाडौं, कात्तिक । लामाे समयदेखी माग हुँदै अाएकाे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अब भने शुक्रबार दिउँसो ४.०० बजे बस्ने भएकाे छ ।
बैठक भोलि दिउँसो बस्ने जानकारी महासचिव विष्णुप्रसाद पौडेलले सचिवालय सदस्यलाई जानकारी दिएका छन् ।
महासचिव पौडेललाई अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकको मिति तय गर्ने जिम्मा दिएका थिए ।
अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहित पाँच सचिवालय सदस्यले कात्तिक २३ गते र गत मंगलबार पनि तत्काल सचिवालय बैठक बोलाउन माग गरेका थिए ।