२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपाभित्रको बिबाद

प्रधानमन्त्री ओलीले भने : "दुवै पदबाट हट्दिन र नहट्ने पनि "

बुधवार , कार्तिक २६, २०७७


संखुवासभा,  कात्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा मतभेद उत्पन्न भएका बेला अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भने अाफूले दुवै पदबाट नहट्ने बताएका छन् । 

संखुवासभा पुगेका ओलीले पत्रकारहरुसँग कुरा गर्दै पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट नहट्ने बताएका हुन् । पाँच वर्षका लागि जनमत प्राप्त प्रधानमन्त्रीले बीचैमा राजीनामा दिन नमिल्ने उनको तर्क छ । ‘जनताले पाँच वर्षका लागि जनमत दिएको छ, अब बीचैमा छोड्ने कुरा हुन्न । हल्लाको पछि नलाग्नुहोस्’, उनले भने ।

बुधबार उनले पत्रकारसँग  असन्तुष्टि पोखेका छन  । उनले भने,  विहानै राजीनामा दिँदैछ, बेलुकी राजीनामा दिँदैछ भनेर लेखेको भन्दै प्रश्न गरे, ‘मैले पत्रकारलाई राजीनामा दिनुपर्ने हो ?’

ओलीले थपे, आफू महाधिवेशनबाट निर्वाचित भएकाे हाे,  अध्यक्ष छोड्न पनि प्रक्रिया रहेकाे बताए । ‘कसैको चाहना होला, तर चाहान्छ भन्दैमा छोड्न मिल्दैनर पदैर्न’, उनले थपे । पार्टीभित्र समस्या देखिएकाे छ, तापनि विभाजनसम्म  भने नपुग्ने प्रधानमन्त्री एवं अध्यक्ष ओलीले जनाए ।

संखुवासभाको किमाथांका पुगेका प्रधानमन्त्री ओली सशस्त्र प्रहरीको बीओपीको निरीक्षण, कोशी करिडोर र अरुण तेस्रो जलविद्युत आयोजनाबारे जानकारी लिएर बुधबार नै काठमाडौं फर्किइसकेका छन् । उनीसँगै मुख्यमन्त्री शेरधन राई, राष्ट्रियसभा सदस्य परशुराम मेघी गुरुङलगायत नेताहरु पनि किमाथांका पुगेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार