२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

सञ्चार मन्त्री गुरुङले भने : "सञ्चार कानुनमा मर्यादित पत्रकारिताको बुँदा थप्छु"

मंगलवार , कार्तिक २५, २०७७

 

काठमाडौं,  कात्तिक ।  मर्यादित पत्रकार मात्र सदस्य बन्नसक्ने गरी विधान नै संशोधन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले  नेपाल पत्रकार महासंघलाई  आग्रह गरेका छन् ।

काठमाडौँस्थित अमेरिकी दूतावाससँगको सहकार्यमा मिडिया एक्सन नेपालले आयोजना गरेको ‘मिडियामा भ्रामक समाचार र रोकथाम’ विषयमा चितवन, नवलपुर र नवलपरासी जिल्लाका पत्रकारलाई प्रदान गरेको तालिम समापन समारोहमा मन्त्री गुरुङले महासंघलाई सो आग्रह गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले पत्रकार बन्न निश्चित योग्यता चाहिने बताउँदै उनले भने, ‘ सञ्चार कानुनमा म अब मर्यादित पत्रकारिताको बुँदा पनि थप्छु ।’

मन्त्री गुरुङले सञ्चार गृह र पत्रकार के उद्देश्यले मिडिया क्षेत्रमा प्रवेश गरेको र अहिले यो क्षेत्रमा के भइरहेको छ भन्ने समीक्षा गर्ने बेला आएको समेत बताए ।

उनले पछिल्लो समयमा मानिसलाई एकदमै निराश बनाउने खालका नकारात्मक समाचार आउन थालेको र त्यसले मिडियाको विश्वसनीयतामा नै प्रश्न उठेको बताए । उनले भने, ‘कुनै मिडियामा कुनै समाचार आयो भने त्यो मिडिया त फलानो नेताको नजिक हो भन्ने अवस्था सिर्जना भएको छ ।’

उनले अगाडि भने, ‘जिम्मेवार पत्रकारिताको मापदण्ड र न्यूनतम व्यवसायिक मर्यादा आवश्यक छ र पत्रकारिताका नकारात्मक सूचीहरुलाई सकारात्मक सूचिमा परिवर्तन गर्न आवश्यक छ ।’

नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले विश्वमा आमसञ्चार माध्यमहरुको संख्या तीव्र रुपमा वृद्धि भएको र यसले पाठकलाई फरक दृष्टिकोणसहित पढ्ने अवसर प्राप्त भएको तर ब्रेकिङ गर्ने दबाबले समाचारको तथ्यलाई असर गर्ने गरेको बताए । गलत र भ्रामक समाचारले जनतालाई मिसलिड गर्ने बताउँदै उनले तथ्यगत समाचार सम्प्रेषण गर्दै पत्रकारले जिम्मेवार पत्रकारिताको अभ्यास गर्नुपर्ने बताए ।

राजदूत बेरीले नेपाली पत्रकारहरुले जिम्मेवार पत्रिकाको मूल्य बुझेको र प्रश्न गर्ने मामिलामा उनीहरुमा कुनै हिच्किचाहट नरहेको आफूले पाएको अनुभव सुनाए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार