२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

प्रतिनिधिसभा राज्य व्यवस्था समिति बैठक

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’को साटो ‘नेपाल’ लेख्ने निर्णय : " कार्यान्वयन नगर "

 'देशको नाममा कुनै विशेषण जोड्न जरुरी छैन' : प्रदीप ज्ञवाली

सोमवार , कार्तिक २४, २०७७

 

काठमाडौं,  कात्तिक। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’को साटो ‘नेपाल’ मात्र लेख्ने निर्णय कार्यान्वयन नगर्न प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले  सरकारलाई निर्देशन दिएको छ ।

देशको नाम लेख्दा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको साटो नेपाल मात्र लेख्ने मन्त्रिपरिषद्को निर्णयबारे समितिले सोमबार परराष्ट्रमन्त्रीसँग छलफल गरेको थियो ।

मन्त्री प्रदीप ज्ञवालीले देशको नाममा कुनै विशेषण जोड्न जरुरी नभएको बताए । संघीय लोकतान्त्रिक गणतन्त्र नाम नभई हामीले अवलम्बन गरेको राज्य प्रणाली भएको र, सरकारले नामबारे मात्र निर्णय गरेको उनको स्पष्टीकरण थियो ।

तर समितिले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको साटो नेपाल मात्र लेख्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ ।

समितिको निर्णयमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय बिजय सुब्बा र नबराज सिलवालले भने फरक मत राखेका छन् ।

सरकारले गणतन्त्रविरुद्ध जान खोजेको होइन भनेर प्रस्टीकरण दिइसकेकोले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न निर्देशन दिनु नपर्ने उनीहरुको तर्क छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार