२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेता भीम रावलले भने : "राष्ट्रपति पदको मर्यादा र गरिमा उल्लंघन भयाे"

शुक्रवार , कार्तिक २१, २०७७

 

 

काठमाडौं, कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले दलको आन्तरिक मामिलाको सन्दर्भमा राष्ट्रपति पदको मर्यादा उल्लंघन भएको बताएका छन् । नेकपामा विवाद अाउँदा आफ्नो भूमिका देखाइरहने गरेकी  राष्ट्रपति भन्डारीले पदीय मयार्दा नाघेकाे जनाइएकाे छ । 

राष्ट्रपति पद धारण गरेकाे तथा गरीरहेकाले  कुनै दल तथा राजनीतिक चासाेका पक्षमा खुल्न नमील्ने संबैधानीक ब्यवस्था छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीमा विवाद अाएका बेला खुलेर प्रस्तुत हुने गरेकी छन । उनी नेकपाकाे विवादमा यसअघी पनी संलग्न रहीसकेकी छन । 

राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको आन्तरिक विवादमा आफ्नो भूमिका बढाइरहेको समाचार आईरहेका बेला नेता रावलले यस्तो टिप्पणी गरेका हुन् ।

‘नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिंदै राष्ट्रपति सक्रय रहनुभएको समाचार आइरहेको छ,’ नेता रावलले शुक्रबार ट्विटरमा लेखेका छन्, ‘यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लंघन, स्थापित प्रणालीको अवज्ञा र नेपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार