२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

ईश्वर पोखरेलले भने

पूर्वसमूहको आधारमा समीकरण : ' खेल्न खोज्दा नेकपा विभाजन हुने तयारी '

यस्‍तो दुर्भाग्य निम्त्याउनेलाई सबैले बेलैमा चिनौं, खबरदारी गरौं’

सोमवार , कार्तिक १७, २०७७

  

काठमाडौं, कात्तिक ।  पूर्वसमूहभित्रको आवद्धताका आधारमा समीकरण बनाएर खेल खेल्न खोज्दा पार्टी विभाजन हुन लागेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले  बताएका छन् ।

सोमबार दिउँसो ट्वीटरमार्फत उनले भनेका छन, एकताका बेला गरिएको सहमति विपरीत पूर्वसमूहको समीकरण बनाएर विभाजनको दुर्भाग्य निम्त्याउन लागेको आरोप लगाएका छन् ।

उनले थपेका छन, यस्‍तो दुर्भाग्य निम्त्याउनेलाई सबैले बेलैमा चिनौं, खबरदारी गरौं’ उनले भनेका छन् । व्यक्तिगत स्वार्थका लागि पार्टी विभाजन गर्न खोजिएको भन्दै उनले यसको विरोध गर्दै एकता जोगाउन पनि आह्वान गरेका छन् ।



पछिल्लो केही दिनयता नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच विवाद बढ्दै गएको छ । प्रचण्डले प्रधानमन्त्री ओलीले आफूसँग अब अलग होऔं भनेर प्रस्ताव गरेको उनले आफूनिकट नेताहरुलाई ब्रिफिङ गरेका छन् ।

र, याे पनी  ?

नेपाल कम्युनिष्ट पार्टीभित्रको बिबाद चुलियो

नेकपा बिभाजन निश्चित : “ सकियो करिव तीन बर्षे सँगैकाे यात्रा !”

https://demokhabar.com/news/4542


प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार