२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपाभित्र बिबाद

ओलीको हातमा अध्यक्ष पदको ‘लड्डू’ : “पहिले बामदेवलाई, अहिले माधवलाई !”

माधव भन्छन : 'ओलीले बोली र यिनको भर पर्नु ‘फूइयाको स्वाद’ खोज्नु सरह'

आइतवार , कार्तिक १६, २०७७

 

काठमाडौ, कात्तिक । नेकपाभित्र बिबाद बढेपछि शीर्ष नेता तान्न लबिङ गर्न थालिएका छन । यससँगै शनिबार भएको अध्यक्षद्धयको वार्तापछि सचिवालय बैठक राख्ने प्रचण्डको प्रस्तावले अझ नेताबीच तानातान बढ्ने स्पष्ट देखिन्छ । 
यसअघिको सचिवालय बैठकमा बिबाद उत्पन्न भएपछि प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतमलाई पार्टीको अध्यक्षमा सहयोग गर्ने आफूलाई साथ दिन प्रधानमन्त्री ओलीले प्रस्ताव राखेको थिए । 
उपाध्यक्ष गौतमले भने सांसद बनाएर उपप्रधानमन्त्री दिने लालशामा सहमति गराए । र पछि सभासद् दिएर फकाएका थिए । अब यो पटकको सचिवालय बैठक बस्ने भएपछि भने ओलीले वरिष्ठ नेता माधव नेपाललाई फकाउन भावी अध्यक्षको नेतृत्वको लागि प्रस्ताव गरेको स्रोतले बताएको छ । 
नेकपाका एक बरिष्ठ नेताका अनुसार, उधारो बचनले ने प्रधानमन्त्री पद टिकाए, अझै त्यसरी नै खाँदैछन, ओलीले पद दिने र यिनको भर पर्नु भनेको ‘फूइयाको स्वाद’ खोज्नु सरह रहेको डेमोखबरसँग ब्यक्त गरे । 
यता बरिष्ठ नेता नेपाल भने, ओली भरपर्दो ब्यत्ति होइन, जहिले पनि धोका मात्रै दिन्छ, अहिलेसम्म ढाँटेको मात्रै छ, अहिले भन्छ, पछि आफै लफडा निकाल्छ, बामदेवलाई यस्तो बनाउने खेल सबै यसैको हो  भनेर आफ्ना नजिककासँग गुनासो गर्ने गरेको माधव निकट एक नेताले बताए ।  
‘काम केही नगर्ने जब समस्या पर्छ अनि पद देखाएर आश्वासनको  ‘ललीपप’ बाँड्न थाल्छ’ ओली माधव निकट एक नेताले डेमोखबरसँग भने । यसअघि प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाललाई वालुवाटार बोलाएर सो प्रस्ताव गरेको पनि बताए । कर्णाली प्रदेशमा नेपाल समूहले पुष्पकमल दाहालसमूहसँग मिलेर परिणाम दिएसँगै ओलीले दाहालसँगको सम्बन्ध तोड्न पनि नेपाललाई फकाएर पार्टीको भावी नेतृत्व लिन प्रस्ताव गरेर ‘खेल’ खेल्ने प्रयास गरेको पनि उल्लेख गरे । 
कर्णाली प्रदेशको विवाद उत्कर्षमा पुगेका बेला कार्यकारी अध्यक्ष दाहालसँग खटपट परेपछि ओलीले नेपाललाई बोलाएर भावी नेतृत्व लिएर पार्टी हाँक्न प्रस्ताव गरेको वालुवाटार निकट स्रोतले जनाएको छ । 
‘प्रधानमन्त्री ओलीले नेपालसँग केही समय छलफल गर्नुभएको हो उहाँहरुबीच कोरोना तथा पार्टीको विवादबारे सामान्य छलफल भयो त्यो भन्दा पनि पारिवारिक कुराकानी बढी भयो’, वालुवाटार निकट स्रोतले भन्यो । 
प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसँग मंगलबार दिउँसो भेटघाट गरेका थिए । गत कार्तिक ४ गते पनि प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसँग बालुवाटारमा एक्लै छलफल गरेका थिए ।
त्यसअघि दुई नेताबीच साउन ९ गते मात्रै एक्ला एक्लै कुराकानी भएको भएपनि खासै उपलब्धिमुलक नभएको नेपाल पक्षले जनाएको थियो । भेटका अवसरमा नेपालले दुई पार्टीको एकीकरण भएकाले एउटा पक्षलाई बाहिर राखेर पार्टी सञ्चालन गर्नुको कुनै अर्थ नभएको बताएका थिए । 
नेपाल निकट स्रोतका अनुसार दुई नेताहरुको भेटमा प्रधानमन्त्री ओलीले आफूसँग सहकार्यका लागि नेपाललाई प्रस्ताव गरेका थिए । नेपालले सो विषयमा कुनै प्रतिक्रिया नदिएको तर पार्टी एकतामा जोड दिए । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार