२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नवनियुक्त तीन मन्त्रीलाई राष्ट्रपतिद्वारा शपथ

बिहिवार , आश्विन २९, २०७७

 

काठमाडौं, असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन मन्त्रीलाई आज बिहीबार बिहान शीतलनिवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन । संविधानको धारा ८० बमोजिम राष्ट्रपति भण्डारीले मन्त्रीहरुलाई शपथ गराएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल, सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा लीलानाथ श्रेष्ठलाई नियुक्तिको सिफारिस गर्नुभएको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रीको जिम्मेवारी पाउनुभएका पार्वत गुरुङ यसअघि महिला बालबालिका मन्त्रीमा पदबहाल हुनुहुन्थ्यो ।
राष्ट्रपति भण्डारीले विशेष समारोहबीच मन्त्रीहरुलाई शपथ ग्रहण गराउनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिए । शपथग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतको सहभागिता थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार