२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

शिक्षामन्त्री पोखरेललाई कोरोना भाइरस संक्रमण, पाटन अस्पतालमा भर्ना

आइतवार , आश्विन २५, २०७७

काठमाडौं, असाेज ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई आइतबार कोरोना भाइरस संक्रमण भएको छ।

ज्वरो आएपछि पाटन अस्पताल पुगेका मन्त्री पोखरेलको कोरोना परीक्षणका क्रममा आइतबार रिपोर्ट पोजेटिभ आएको हो। मन्त्री पोखरेल अहिले पनि पाटन अस्पतालमा नै उपचाररत छन्।

मन्त्री पोखरेलका प्रेस सहयोगी सुनिल खड्काका अनुसार ज्वरो आएर उपचारका लागि पाटन अस्पतालमा पुगेका मन्त्री पोखरेललाई कोरोना संक्रमण देखिएको हो।

‘ज्वरो आएपछि उहाँ शनिबार पाटन अस्पताल जानुभएको थियो। आज रिपोर्ट पोजेटिभ आयो,’ खड्काले भने। उनको स्वास्थ्य अवस्था सामान्य रहेको पनि खड्काले जानकारी गराए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार