२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

अनसनरत डा. गोविन्द केसीको पक्षमा माइती घरमा प्रदर्शन

शनिवार , आश्विन २४, २०७७

 

काठमाडौं, असाेज । ६ बुँदे माग राखेर २७ दिनदेखि अनसनरत डा. गोविन्द केसीको पक्षमा शनिबार माइती घरमा प्रदर्शन भएको छ ।

डा. केसीको स्वास्थ्यमा गम्भिर समस्या देखिँदा पनि सरकार उदासिन बनेको भन्दै सोलिडारिटी फर डा. केसीको आहृवानमा प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागीहरुले ‘माफियाको समाजवाद, यती, ओम्नी, मार्सी भात’, ‘सत्याग्रही मार्न खोजेको ? ‘दूरदराजमा मेडिकल शिक्षा खै ?’ लगायतका नारा लगाएका छन् ।

सरकारी र डा. केसीको तर्फबाट बनेको वार्ता टोलीबीच शुक्रबार राति अबेर भएको वार्ता असफल भएको थियो । प्रदर्शनमा सहभागी वार्ता टोलीका सदस्य अधिवक्ता ओमप्रकाश अर्यालले असोज २२ गते सरकारी पक्षसँग समझदारी भएपनि प्रधानमन्त्री र शिक्षामन्त्री निर्देशनमा सहमति गर्न रोकिएको बताए ।

 
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार