२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

आईपीएल : चेन्‍नाईलाई १० रनले पराजित गर्दै कोलकाताको तेस्रो जित

बिहिवार , आश्विन २२, २०७७

काठमाडौं, असाेज  । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ।  युएईमा जारी खेलमा बुधबार साविक उपविजेता चेन्नई सुपर किङ्सलाई १० रनले पराजित गर्दै कोलकाताले जित निकालेको हो।

खेलमा कोलकाताले चेन्नाईलाई जितका लागि १६८ रनको चुनौती दिएको थियो। चेन्नाईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १५७ रन मात्रै बनाउन सक्यो।

टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा अलआउट हुँदै १६७ रन बनाएको थियो। कोलकाताका लागि राहुल त्रिपाठीले ५१ बलमा ८१ रनको अर्धशतकीय इनिङ्स खेले।

कप्तान दिनेश कार्तिक १२ रनमा आउट हुँदा पाट कुमिन्सले अविजित १७ रन जोडे। सुनिल नारिनले १७ रन, ११ रन बनाए । कोलकाताका शिवम माभी, भरुण चक्रवर्ती, कमलेस नगरकोटी, सुनिल नारिन र आन्द्रे रसेलले १/१ विकेट लिए।

चेन्नईका ड्वाने ब्राभोले ३ विकेट, सार्दुल ठाकुर, साम करन र कर्ण शर्माले २/२ विकेट लिए।  सेन वाट्सनले ५० रनको अर्धशतकीय इनिङ्स बनाएपनि टोलीलाई जित दिलाउन सकेनन्।

अम्बाती रायडुले ३० रन, फाप डु प्लेसिस र साम करनले १७/१७ रन बनाए भने कप्तान महेन्द्र सिंह धोनी ११ रनमा आउट भए। रविन्द्र जडेजा २१ रनमा अविजित रहँदा केदार जाधबले अविजित ७ रन बनाए। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार