२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपा सचिवालय बैठक

बैठक सकियो : "मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल नै भएन"

सांगठनिक एकताका बाँकी कामबारे छलफल

मंगलवार , आश्विन २०, २०७७

 

काठमाडौं, असाेज  । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकप)को सचिवालय बैठकमा सांगठनिक एकताका लागी बाँकी रहेका काम बारे छलफल भएको छ ।

तर मन्त्रिपरिषद् पुनर्गठनबारे कुनै छलफल नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले  सञ्चारकमीर्लाइ बताए  । प्रधानमन्त्रीले यसबारे केही जानकारी गराउनु भएको पनि छैन’ उनले भने ।

बैठकमा संवैधानिक र राजनीतिक नियुक्तिबारे भने छलफल सुरु भएको उनले बताए । दुई पटक स्थगित भएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच हिजो भएको छलफलपछि आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बसेकाे हाे ।  

बैठकमा एकता प्रक्रियाका बाँकी काम, मन्त्रिमण्डल पुनर्गठन र सरकारले गरेको पछिल्लो राजनीतिक नियुक्तिका विषयमा छलफल हुने  जनाइएको थियो  ।

सरकारले गत बिहिबार मुख्यसचिव नियुक्ति र विभिन्न ३ देशमा राजदुत सिफारिस गरेपछि अध्यक्ष दाहाल र उहाँ निकट नेता असन्तुष्ट देखिएका छन् ।

सचिवालय बैठक शनिवार नै बोलाइएको भए पनि आवश्यक तयारी नपुगेको भन्दै आजका लागि सारिएको थियो । तर, यहिबीचमा प्रधानमन्त्रीका ४ जना सल्लाहकारसहित सुरक्षा दलका सदस्यहरुमा कोरोना संक्रमण देखिएपछि आइतबार बोलाइएको बैठक पनि स्थगित भएको थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार