२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

कांग्रेस नेता केसी र गगन थापासहित ७० जनामा काेराेना संक्रमण

आइतवार , आश्विन १८, २०७७

काठमाडौं, असाेज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, गगन थापासहितका ७० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

सोमबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक अघि गरिएको कोरोना परीक्षणामा केसी, थापा, शम्भुलाल श्रेष्ठसहित ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

केन्द्रीय समिति बैठकअघि बिहीबार कांग्रेसका नेता, केन्द्रीय कार्यालयका कर्मचारी र सुरक्षाकर्मी गरी २७० जनाको कोरोना परीक्षण गरिएको थियो। यीमध्ये अझै केहीको रिपोर्ट आउन बाँकी रहेको स्रोतले जनाएको छ।

७० जनामा कोरोना संक्रमण पुष्टि भएपछि सोमबारको केन्द्रीय समिति बैठक अनिश्चित बनेको छ। केन्द्रीय समिति अघि भोलि पदाधिकारी बैठक बस्दैछ।

यता पार्टीले काेराेना परीक्षणको रिपोर्ट नदिएकाे र आफूहरूले मिडियाबाट थाहा पाउनु परेकाे भन्दै नेता केसीले आपत्ति जनाउनु भएकाे छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार