२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

रूपन्देही कांग्रेस : 'प्रदेशसभा घेराउ गर्ने निर्णय'

शनिवार , आश्विन १७, २०७७

 

बुटवल, असाेज  । प्रदेश राजधानी दाङ सार्ने सरकारको प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस रुपन्देहीले आन्दोलन घोषणा गरेको छ ।

शनिबार बुटवलमा बसेको पार्टीको वैठकले सरकारको प्रस्तावविरुद्ध भोलि आइतबार रुपन्देही बन्द गरी वृहत प्रदर्शन गर्ने निर्णय गरेको छ । १९ गते ‘बुटवल जाऔं राजधानी जोगाऔं’ नाराका साथ प्रदेश सभा घेराउ र धर्ना गर्ने निर्णय गरेको छ ।

प्रदेशसभामा दाङको भालुवाङलाई स्थायी राजधानी बनाउने प्रस्ताव पेश भएको छ र, १९ गते त्यसमाथि छलफल गर्ने तयारी छ ।

कांग्रेसले त्यही दिन जिल्लाभरबाट कार्यकर्ता बुटवल उतारेर सांसदहरुलाई प्रदेश सभा वैठकमा जान नदिने रणनीति अख्तियार गरेको पार्टी सचिव रामकृष्ण खांणले बताए ।

‘बिहान १० बजेदेखि ५ बजेसम्म प्रदेशसभा घेराउ गर्ने कार्यक्रम तय गरेका छौं’-वैठकपछि सचिव खांणले भने ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार