२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपाका अध्यक्षद्वयको बैठक सम्पन्न

नेकपाका अध्यक्षद्वय बैठक : "मन्त्रिपरिषद पुनर्गठनमा सहमती भएन"

सचिवालय बैठक : " शनिबार साँझ ४ बजे "

शुक्रवार , आश्विन १६, २०७७

 

 

काठमाडौं, असोज  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच  शुक्रबार बिहान छलफल भएको छ । पछिल्लो राजनीतिक नियुक्तीका कारण दुई अध्यक्षबीच तिक्तता बढेको टिप्पणी भइरहँदा बिहान बैठक भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा अ‍ोली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन । दुई अध्यक्षबीच पुरानै विषयमा छलफल भएको उनले बताए ।

मन्त्रिपरिषद पुनर्गठनका विषयमा सहमित गर्न सचिवालय बैठकले जिम्मेवारी तोके पनि दुई अध्यक्षबीच नियमितजसो छलफल भइरहेको छ । गत विहिबार, शुक्रबार, आइतबार र सोमबार नियमित छलफल भएको थियो । आजको छलफलमा केही सहमति भएको हुनसक्ने बुझाई बालुवाटार स्रोतको छ ।

आज बिहान भएको छलफलमा पार्टी संगठनका बाँकी एकता प्रक्रिया टुङ्गो लगाउने विषयमा दुई अध्यक्षबीच छलफल भएको बुझिएको छ ।

दुई अध्यक्षसहित महासचिव विष्णुप्रसाद पौडेललाई असोज मसान्तभित्र पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने ठोस आधार तयार गर्न पार्टीले जिम्मेवारी तोकेको छ ।  आज बसेको दुई अध्यक्षबीचको बैठकले भोलि शनिबार साँझ ४ बजे सचिवालय बैठक बोलाउने निर्णय गरेको छ ।

अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार भोलि साँझ ४ बजे बालुवाटारमा सचिवालयको बैठक बस्नेछ । दुई अध्यक्षबीच सहमतिको मोटामोटी खाका तयार भएपछि सचिवालयको बैठक बोलाउने यसअघि सहमति बनेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार