२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

सरकार निर्णय : 'वैरागी मुख्य सचिव, खतिवडा अमेरिका र रेग्मी बेलायतको राजदूत'

बिहिवार , आश्विन १५, २०७७

 

काठमाडौं, असाेज । सरकारको मुख्य सचिवमा शंकरदास वैरागी नियुक्त भएका छन् । यसैगरी पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाका लागि नेपालको राजदूत नियुक्त गर्न सिफारिस गरिएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको मन्त्रिपरिषदका एक सदस्यले जानकारी दिए ।

मुख्य सचिवका लागि वैरागीसहित, केदारबहादुर अधिकारी, मोहनकृष्ण सापकोटालगायत दाबेदार थिए । ३ वर्षे कार्यकाल पूरा गरी आगामी कात्तिक ३ गते अवकाश पाउने रेग्मीले त्यसको दुई साताअघि नै राजीनामा दिएका थिए ।

रेग्मीलाई बेलायतको राजदूत नियुक्त गर्न मन्त्रिपरिषदले सिफारिस गरेको छ । राजदूतहरुको नियुक्ति संसदीय सुनुवाइको प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट हुने कानुनी व्यवस्था छ ।

पूर्वअर्थमन्त्री डा. खतिवडालाई कार्यकाल सकिए लगत्तै सरकारको प्रमुख आर्थिक सल्लाहकार बनाइएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार