२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

ला लिगामा रियल मड्रिड विजयी

बिहिवार , आश्विन १५, २०७७

काठमाडौं, असाेज । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ । गएराति भएको खेलमा रियलले रियल भालाडोलिडलाई १–० ले हराएको हो ।

रियलको जितमा भिनिसियस जुनियरले विजयी गोल गरे । रियलले नयाँ सिजनमा आफ्नो अपराजित यात्रालाई कायम राखेको छ ।

जिनेदिन जिदानले लिगको सुरुवाती दुई खेलमा ४ अंक बटुलेका थिए । भालाडोलिडका गोलकिपर रोबर्टोले फेडरिको भाल्भर्डे र लुका जोभिकको उत्कृष्ट प्रहारलाई बचाउ गर्दै रियललाई निराश बनाएका थिए ।

तर, दोस्रो हाफमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका जुनियरले गोल गर्न सफल रहे । योसँगै शीर्ष स्थानमा रहेका गेटाफे, भिया रियल र भ्यालेन्सियलाले ७ अंक जोडेका छन् ।
एजेन्सी

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार