२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

बालिका बलात्कारका दोषीलाई पक्राउ गरी कडा कारबाही गर्न नेविसंघको माग

आइतवार , आश्विन ११, २०७७

काठमाडौं, असाेज ।  नेपाल विद्यार्थी संघले बझाङको मष्टा गाउँपालिका की १२ वर्षीया बालिका सम्झना विकको बलात्कारपछि हत्या भएको घटनाप्रति दु:ख व्यक्त गर्दै यस्तो जघन्य तथा क्रुर अपराध गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरि कडाभन्दा कडा कानुनी कारबाही गर्न माग गरेको छ।

नेविसंघले शनिबार विज्ञप्ति जारी गर्दै यस्ता घटना दोहोरिन नदिन र दलित समुदायमाथि हुने गरेका विभिन्न प्रकारका प्रताडना रोक्न विशेष र कडा कानुन बनाउन  सरकारसँग माग गरेको छ। 

केही पहिले नवराज विकलगायतका युवाहरुको रुकुममा भएको नरसंहार र हाल सम्झना विकको बलात्कार गरी हत्या गरिएको घटनाले समाजमा दलित समुदायमाथि पाशविक आक्रमणका घटना बढ्न थालेको पनि प्रष्ट भएको संघले उल्लेख गरेको छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार