२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

धनकुटा काँग्रेस

सक्रिय बन्दै धनकुटा काँग्रेस : “गर्यो सुनिल थापालाई उत्साहपूर्ण स्वागत”

जिल्लाका नेता तथा कार्यकर्तासँग भेटघाट : 'भावी योजना बनाउदै' 

शुक्रवार , आश्विन ९, २०७७



धनकुटा, असोज ।  भरखरै नेपाली काँग्रेसमा प्रवेश गर्नुभएका पूर्वमन्त्री सुनिलबहादुर थापालाई धनकुटा जिल्ला पाख्रीवास ४ नेपाली कांग्रेसका कार्यकर्ताले स्वागत गरेका छन । यसअघि पनि नेपाली काँग्रेसको समर्थनमा निर्बाचन लडेका थापा अन्तत ः नेपाली काँग्रेसमा नै प्रबेश गरेपछि धनकुटा काँग्रेसमा उत्साहा थपेको छ । 
केन्द्रमा औपचारिक रुपमा नेपापी काँग्रेसमा प्रवेश गरेपछि धनकुटा पुग्नुभएका  थापा अहिले जिल्लाका सबै साथीभाईसँग भेटघाट गर्नुका साथै भावी योजना र काँग्रेस नेता तथा काँर्यकर्ता माँझ सुख दुःख साटासाट गर्दै हुनुन्छ । 
पूर्वमन्त्री थापा नेपाली काँग्रेसमा प्रवेशसँगै धनकुटालगायत पूबै क्षेत्रका काँग्रेसमा नै निकै उत्साहा जगाएको छ ।   काँग्रेस प्रबेशसँगै थापालाई सहमहामन्त्री पद दिइएको छ । यद्यपी यो केन्द्रिय समितिबाट निर्णय गराउन मात्र बाँकी छ । 
यसैबीच, धनकुटा पाखी्रबासमा थापालाई स्वागत गर्न आयोजित कार्यक्रममा स्थानीय काँग्रेसका नेता तथा जनतालाई सम्बोधन गर्दै पूर्वमन्त्री एवं कांग्रेस नेता थापाले जसरी रुखको जराले रुखलाई अड्यार रुखको अस्तित्व राख्दछ, त्यस्तै म जहाँ जान्छु त्यसमा मेरो पनि बल थपिने र मेरा बुबा पूर्व प्रधानमन्त्री स्वर्र्गीय सूर्यबहादुर थापाको विरासत पनि त्यहीँ लान्छु भन्नुभएको छ । 
कसै–कसैले सूर्यबहादुर थापाको विरासत थाम्छु भन्दै हिड्ेका छन, त्यो भनेको ‘हुट्टिट्याउले बगरमा सुतेर उत्तानो टाङ लगाएर आकास खसे म थाम्छु’ भन्ने कथा जस्तो सिवाय अरु केही नभएको भन्दै सबै कार्यकर्तालाई सचेत गराउनु भएको नेपाली कांग्रेस पाख्रीबासले जनाएको छ । 
उक्त कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाली कांग्रेसका कार्यकर्ता स्थानीयलगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार