२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

बर्षाले धनजन गुमाएका पीडितलाई कांग्रेसको आर्थिक सहयोग

शुक्रवार , आश्विन ९, २०७७


                     
धनकुटा, असोज । अविरल बर्षाका कारण भान्साघर भत्किएर धनजन गुमाएका धनकुटा जिल्ला महालक्ष्मी नगरपालिका वडा नंं ९ मूर्र्तिढुंगाका नेपाली कांग्रेसका पुराना नेता एवं द्धन्द्ध पीडित टाङ्गबहादुर आङ्लाका परिवारलाई नेपाली कांग्रेस धनकुटाले  तत्कालका लागि ११ हजार ५०५ रूपियाँ आर्थिक सहयोग गरेको छ ।
नेपाली कांग्रेस धनकुटाका सभापति अग्नीप्रसाद पौडेल, प्रदेशसभा सांसद लीला सुब्बा, संविधान सभा सदस्य अञ्जना ताम्ली, महिला संघका पूर्व केन्द्रिय सदस्य टिका भण्डारी, जिल्ला उपाध्यक्ष अम्विका धमला, नेपाली कांग्रेस धनकुटा ७ का सभापति सुनिलकुमार डंगोललगायतको उपस्थितिमा पीडित टाङ्गबहादुर आङलाका छोरा धनबहादुर आङ्लालाई राहत रकम  प्रदान गरिएको नेपाली कांग्रेस धनकुटाले जनाएको छ । 
अविरल बर्षाका कारण नेपाली कांग्रेस महालक्ष्मी नगरपालिका वडा नं. ९ मूर्र्तिढुंगाका पुराना नेता द्धन्द्धपीडित आङ्लाको बुधबार भान्सा घर भत्किँदा उनका छोरा धनबहादुर आङ्लाको ७ महिनाको छोरी गंगा आङ्लाको पुरिएर निधन भएको थियो । यसका साथै पशुपंक्षी र अन्न पानी, भाडा पुरिएर पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार