२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

सर्वोच्च अदालतले आदेश

सरकारलाई अन्तरिम आदेश : "गौतमलाई संवैधानिक जिम्मेवारी नदिनू"

रिटको टुंगो संवैधानिक इजलासबाट लगाउनुपर्ने : असोज १४ मा दुबै पक्षलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाइयाे

बुधवार , आश्विन ७, २०७७

 

काठमाडौं, असाेज  । सर्वोच्च अदालतले हालै राष्ट्रिष्यसभा सदस्य नियुक्त भएका नेकपा उपाध्यक्ष बामदेव गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको छ ।

बुधबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले रिट निवेदक र विपक्षी सरकारलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाउँदै त्यतिन्जेलसम्म गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्चको यस आदेशपछि गौतमलाई सरकारले मन्त्री नियुक्त गर्नेलगायत अन्य संवैधानिक जिम्मेवारी दिन पाउने छैन । सर्वोच्चले यो रिटको टुंगो संवैधानिक इजलासबाट लगाउनुपर्ने भन्दै असोज १४ गते दुबै पक्षलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाएको छ ।

 

हेर्नुहोस् सर्वोच्चको आदेश

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार