नेपालगञ्ज, असोज । कोरोना संक्रमणबाट गम्भीर भएर अस्पतालमा उपचार गराइरहेका बर्दियाका एक वडा अध्यक्षसहित दुईको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय बाँकेले बर्दिया ठाकुर बाबाका ६४ वर्षिय पुरुषको नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पताल र बारबर्दिया नगरपालिका ३ का वडा अध्यक्ष ३९ वर्षिय पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाएकाे छ ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले ठाकुरबाबाका पुरुषको मृत्यु मंगलवार साँझ भएको थियो भने बारबर्दिया नगरपालिका ३ का वडा अध्यक्षको बुधवार विहान साढे १० बजे मृत्यु भएको जानकारी िदए ।
श्रेष्ठले निमोनियाबाट ग्रसीत भएका ति दुबैमा कोरोना संक्रमण देखिएको जनाउँदै उनीहरुको उपचारमा सबै विधि र प्रक्रिया अपनाईएपनि जोगाउन नसकिएको बताए ।
स्वास्थ्य कार्यालयका अनुसार बारबर्दिया नगरपालिका ३, बानियाभारका ३९ वर्षिय वडा अध्यक्ष पुरुषको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई गत भदौ २९ गते नेपालगञ्जको भेरी अस्पतालमा भर्ना गरीएको थियो ।
भेरी अस्पतालका अनुसार, उपचारकै क्रममा बुधबार बिहान १०ः३० मा उनको मृत्यु भएको छ । यसअघि मंगलवार बेलुकी बर्दिया ठाकुरबाबाका ६४ वर्षिय बृद्धको कोरोनाका कारण मृत्यु भएको थियो ।