२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

ट्रमा सेन्टरबाट बाहिरिए डा. केसी : ' शिक्षण अस्पतालमा भर्ना'

मंगलवार , आश्विन ६, २०७७

 

काठमाडौं, असाेज  । अनशनकै क्रममा नेपालगञ्जबाट मंगलबार काठमाडौं आएका डा. गोविन्द केसी राष्ट्रिय ट्रमा सेन्टरबाट बाहिरिएका छन् । विमानस्थलबाटै त्रिवि शिक्षण अस्पताल जान खोजे पनि प्रहरीले केसीलाई जबर्जस्ती ट्रमा सेन्टर पुर्‍याएको थियो ।

केसीले शिक्षण अस्पतलमा आफूलाई भर्ना नगर्दासम्म कुनै परीक्षण गर्न नदिने र उपचार पनि नलिने अडान लिएपछि शिक्षण अस्पताल सारिएको हो । उनी  त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका उनका सहयोगी डा. प्रविण गिरीले जानकारी दिए ।

चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै केसी भदौ २९ गते जुम्लामा अनशन बसेका थिए । सोमबार जुम्लाबाट नेपालगञ्ज आई बसेका उनी मंगलबार काठमाडौं आएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार