२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपा सचिवालय बैठक

साँगठनिक एकीकरण जिम्मेवारी : "खाका बनाउन अध्यक्षद्वय र महासचिवलाई "

रिक्त संवैधानिक निकायमा पदपूर्ति गर्न बैठकले प्रधानमन्त्री ओलीलाई सुझाव

मंगलवार , आश्विन ६, २०७७

 

काठमाडौं, असोज  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को साँगठनिक एकताको बाँकी कामको ठोस प्रस्ताव तयार गर्न अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णुप्रसाद पौडेललाई सचिवालय बैठकले जिम्मेवारी दिने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज मंगलबार दिउँसो बसेको बैठकले प्रस्ताव तयार गर्न १० दिनको समय निर्धारण गरेको हो । ठोस प्रस्ताव आएपछि त्यसबारे थप छलफल गरेर सचिवालय बैठकले अनुमोदन गर्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
त्यसैगरी, रिक्त रहेका संवैधानिक निकायमा छिटो पदपूर्ति गर्न पनि बैठकले प्रधानमन्त्री ओलीलाई सुझाव दिएको छ । संवैधानिक परिषदको बैठक बसी संविधानको मर्म र भावना बमोजिम निर्णय लिन प्रधानमन्त्रीलाई सुझाव दिइएको प्रवक्ता श्रेष्ठले बताए। सरकारले विभिन्न संवैधानिक आयोगमा अझै पदपूर्ति गर्न सकेको छैन ।


प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार