२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नोभाक जोकोविचले जिते कीर्तिमानी ३६ औँ उपाधि

मंगलवार , आश्विन ६, २०७७

विश्व नम्बर एक नोभाक जोकोविचले इटालियन ओपन टेनिसको उपाधि जितेका छन्। सर्बियन खेलाडी जोकोविचले कीर्तिमानी ३६ औँ पटक मास्टर्स उपाधि जितेका हुन् ।

युएस ओपन टेनिसका भुलबस बलले खेलपदाधिकारीलाई हिर्काएपछि अयोग्य घोषित भएका जोकोविचले इटालियन ओपनको फाइनलमा डिएगो स्वार्ट्ज्मनलाई ७–५ र ६–३ को सेटमा पराजित गरेका हुन् ।

३३ वर्षका जोकोविचले गएको महिना वेस्टर्न एण्ड साउथर्न ओपनको उपाधि जितेर मास्टर्स उपाधिमा राफायल नाडालको कीर्तिमानसँग बराबरी गरेका थिए ।

इटालियन ओपनको उपाधि जितेर उनले कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार