२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

इण्डियन प्रिमियर लिग: आज चेन्नई र राजस्थान भिड्दै

मंगलवार , आश्विन ६, २०७७

काठमाडौं, असोज  ।  इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज साँझ हुने खेलमा चेन्नइ सुपरकिंग्स र राजस्थान रोयल्स भिड्दै छन्। खेल आज पौने ८ बजे सारजाह क्रिकेट स्टेडियममा हुनेछ।

पहिलो खेलमै साविक विजेता मुम्बइ इण्डियन्सलाई हराउँदै लिगमा सुखद सुरुवात गरेको चेन्नइ अनुभवी खेलाडीले भरिएको छ। अझ पहिलो खेलमा निकालेको जितले आत्मविश्वास पनि बढाउने नै भयो।

अर्कोतर्फ विदेशी खेलाडीहरु निर्भर देखिएको राजस्थान रोयल्सको अवस्था फरक छ। आईपीएलको आफ्नो पहिलो खेलमा महत्वपूर्ण खेलाडीहरुबिनै उत्रनु पर्ने अवस्था देखिएको छ राजस्थानको। बेन स्टोक टिमबाहिर छन्। उनी आफ्ना बिमारी बुवासँग न्युजिल्याण्डमै छन्। लिग चरणमा उनको अनुपस्थितिले टिमको सन्तुलन बिगार्ने सम्भावना पक्कै हुन्छ नै।

टाउकोमा चोट लागेका कप्तान स्टीभ स्मीथले पनि खेल्ने/ नखेल्ने भन्ने अझै निर्क्योल छैन। यदि मेडिकल टिमले उनलाई खेल्ने अनुमती नदिने हो भने राजस्थानका लागि यो ठूलो झट्का हुनसक्छ।

त्यस्तै जोस बटलर पनि टिममा रहने छैनन्। उनी आफ्नो परिवारसँग छुट्टै आएकाले ३६ घण्टा अनिवार्य क्वारेन्टिनको नियम अनुसार पहिलो खेलमा उनी उपलब्ध हुनेछैनन्।

यसरी दुवै टिमलाई हेर्दा चेन्नई केही बलियो अवस्थामा देखिन्छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार