२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेपाली कांग्रेस बैठक

कांग्रेस बैठक असोज १९ मा : " महाधिवेशन लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने "

बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा असोज १९, दिउँसो २ बजे

सोमवार , आश्विन ५, २०७७

 

काठमाडौं, असाेज  । नेपाली कांग्रेसले असोज १९ गते केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार एक विज्ञप्ति जारी गर्दै सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा असोज १९ गते दिउँसो २ बजेका लागि बैठक आह्वान गरेका हुन् ।

बैठकमा आगामी १४औं महाधिवेशनको तयारी लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा सहभागी हुनु अगाडि पार्टीका केन्द्रीय पदाधिकारी, सदस्य एवं आमन्त्रित केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यालयका कर्मचारीले पीसीआर परीक्षण अनिवार्य गरिएको पार्टी मुख्य सचिव पौडेलले बताए ।

मुख्य सचिव पौडेलका अनुसार असोज १५ गते बिहान ११ बजेदेखि ३ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भई अनिवार्य पीसीआर परीक्षण गराउन सबैलाई अनुरोध गरिएको छ ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार