काठमाडौँ, असोज । नेपाल सरकारले करोडौ खर्चेर भारतबाट रेल ल्याएको बताइरहदा भारतिय रेल मन्त्रीले भने भारतले नेपालालाइ रेल दिएको बताएका छन । भारतिय रेल मन्त्री पियुस गोयलले नेपालले भर्खरै भारतबाट ल्याएको रेल किनेर ल्याएको नभै भारतले दिएको बताएका हुन । । उनले सामाजिक सञ्जाल ट्विटर मार्फत यस्तो धारणा सार्बजनिक गरेका हुन ।
उनले ट्विटरमा नेपालसग भारतको प्राचीन सांस्कृतिक र सौहार्द्रपूर्ण सम्बन्ध रहेको र सम्बन्धलाई नया आयाम दिदैउ भारतिय रेलवेले नेपाललाई ट्रेन सेट दिएको उल्लेख गरेका छन ।
नेपालले खरीद गरेको रेलालाइ भारतीय रेल मन्त्रीले अनुदानमा दिएको आशय ब्यक्त गर्नुलाई नेपालालाइ हेर्ने भारतिय दृष्टिकोण अझै पनि त्रुटिपुर्ण रहेको जानकारहरु बताउछन ।
रेल किनेर ल्याएको हो कि अनुदानमा भारतले दिएको हो नेपाल सरकारले स्पष्ट पार्नुपर्ने उनिहरुको भनाइ छ ।