काठमाडौं, असाेज । संविधान दिवसको अवसरमा सरकारले ५९४ लाई बिभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने भएको छ ।
सरकारले सार्वजनिक गरेको सूची अनुसार ४५३ लाई मानपदवी ११४ लाई अलंकार र २७ लाई पदकबाट सम्मान गरिने छ । विभूषण, अलंकार र पदक आगामी संविधान दिवसको दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट वितरण हुने छ ।
राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पु¥याउनेहरुलाई सरकारले संविधान दिवसमा सम्मान गर्दै आएको छ ।
यस पटक नेपाल रत्न कसैलाई पनि दिइएको छैन । सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) बाट आँखाका वरिष्ठ डा. सन्दुक रुइतलाई सम्मान गरिँदै छ ।
यस वर्षको संविधान दिवसको अवसरमा सम्मानित हुने सूचीमा १४ पत्रकार र दुई सन्चारकर्मीसमेत छन् । संविधान दिवसमा एकलाई नेपाल रत्नसहित राष्ट्र गौरव, राष्ट्रद्वीप, जनसेवाश्रीमा प्रथम, द्वितीय, तृतीय र चौथो प्रदान गरिन्छ ।
कोभिड–१९ महामारीका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने महानुभावलाई समेत समेट्नुपर्ने भएकाले ५९४ जनाको नामावली विभूषण, अलंकार र पदक पाउनेहरुको सूचीमा छ ।