२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

प्रिमियर लिगको नयाँ सिजन आजबाट

शनिवार , भाद्र २७, २०७७

 काठमाडौँ, भदौ । इङ्ग्लिस प्रिमियर लिगको नयाँ सिजन शनिबारबाट सुरु हुँदैछ । कोरोना भाइरसका कारण अघिल्लो सिजन समयमानै समाप्त हुन नसकेपछि यो सिजन केही ढिलो गरी सुरु हुन लागेको हो ।

मात्र सात हप्ताको विश्रामपछि लिगको नयाँ सिजन सुरु हुन थालेको हो । लिग अन्तर्गत आज ४ खेल हुँदै छन् ।  आजको पहिलो खेलमा आर्सनलले यो सिजन शीर्ष लिगमा उक्लिएको फुलहम एफसीको सामना गर्नेछ ।
 
खेल साँझ सवा ५ मा फुलहमको घरेलु मैदान क्रेभन कटेजमा हुनेछ । बेलुका पौने ८ मा क्रिस्टल प्यालेसले घरेलु मैदान सिलहस्र्ट पार्कमा साउथह्याम्टनको सामना गर्नेछ । 

राति सवा १० मा साबिक विजेता लिभरपुलले यो सिजन शिर्ष लिगमा उक्लिएको लिड्स युनाइटेडसँगको खेलबाट प्रतियोगिताको सुरुवात गर्नेछ । खेल लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुनेछ । 

आजको अन्तिम खेलमा वेस्टहामले घरेलु मैदान लण्डन स्टेडियममा न्युक्यास्टल युनाइटेडको सामना गर्नेछ । खेल अबेर राति पौने १ मा हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार