२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

सङ्घीय मन्त्रालयको स्थानीय तहलाई निर्देशन : “रिक्त पदाधिकारीको विवरण पठाउ”

शनिवार , भाद्र २७, २०७७

 


काठमाडौँ, भदौ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा रिक्त पदाधिकारीको विवरण पठाउन सबै जिल्ला समन्वय समितिलाई  निर्देशन दिएको छ । मन्त्रालयका शाखा अधिकृत महेशकुमार दाहालले  समितिलाई पत्र लेख्दै यही भदौ ३० भित्र आफू मातहतका स्थानीय तहमा रिक्त पदाधिकारीको विवरण पठाउन निर्देशन दिइएको हो । 
यसअघि सरकारले स्थानीय तहमा रिक्त पदाधिकारीको विवरण सङ्कलन गरी उपनिर्वाचन गरेको थियो । गत मङ्सिर १५ गते निर्वाचन आयोगले विभिन्न कारणले रिक्त स्थानीय तहका पदाधिकारीको उपनिर्वाचन गरेको थियो । 
उक्त  उपनिर्वाचन स्थानीय तहमध्ये धरान उपमहानगरपालिकाका प्रमुखसहित तीन गाउँपालिकाका अध्यक्ष, एक उपाध्यक्ष तथा ४३ वडाध्यक्षका लागि भएको थियो । 
यस्तै सोही उपनिर्वाचन प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नंं २, प्रदेशसभा सदस्यतर्फ भक्तपुर निर्वाचन क्षेत्र नंं १ को क, बागलुङ क्षेत्र नंं २ को ख र दाङ क्षेत्र नंं ३ को खमा पनि निर्वाचन भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार