२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध : 'खुलाउने प्रयास जारी'

शुक्रवार , भाद्र २६, २०७७

 चितवन, भदाै । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक शुक्रबार बिहान करिब ८ बजेतिर झरेको पहिरोले सडक दुईतर्फी अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अहिले सडक खुलाउन प्रयास भैरहेको जनाइएकाे छ । 
सडक बन्द भएपछि राजधानी काठमाडौं, पोखरा लगायतका स्थानमा जाने तथा नारायणगढतर्फ आउने सवारी साधन बीच बाटोमै रोकिएका छन् ।
 
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार