२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

काेराेना कहर :'अर्को जिल्ला जाँदा आफ्नै खर्चमा १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने'

बिहिवार , भाद्र २५, २०७७

 

काठमाडौं, भदाै  । विदेशबाट आउने वा एक जिल्लाबाट अर्को जिल्लामा जाने व्यक्ति अनिवार्य रुपमा आफ्नै खर्चमा १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नयाँ व्यवस्था अनुसार, १४ दिन क्वारेन्टिनमा बस्दा लाग्ने सम्पूर्ण खर्च सोही व्यक्तिले बेहोर्नुपर्ने छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विदेशबाट आउने वा एक जिल्लाबाट अर्को जिल्लामा जाने व्यक्ति आफ्नै घर अथवा आफ्नै खर्चमा १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नु पर्ने छ ।

सो अवधिमा कुनै पनि लक्षण नदेखिएमा त्यस्ता व्यक्तिले पीसीआर परीक्षण गर्नु नपर्ने व्यवस्थाका गरिएको प्रवक्ता गौतमले बताए ।

पीसीआर परीक्षणका लागि नमुना संकलन गरेको ७२ घण्टाभित्र रिपोर्ट नेगेटिभ आएकालाई मात्र नेपाल आउन अनुमति दिइने व्यवस्था गरिएको उनले बताए । 

कोरोना संक्रमण बढ्दै गएको र पीसीआर परीक्षण महँगो पर्ने भएकाले १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाएको उनको भनाइ थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार