२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

स्थायी कमिटी बैठकको तयारीबारे बालुवाटारमा ओली–प्रचण्ड छलफल

बुधवार , भाद्र २४, २०७७

काठमाडौं, भदौ ।  नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ ।

बिहीबारका लागि तोकिएको पार्टीको स्थायी कमिटी बैठकका एजेण्डाबारे छलफल गर्न दुई अध्यक्षबीच छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

स्थायी कमिटी बैठकअघि सचिवालय बस्ने संभावना कम भएका कारण साे बैठकका एजेण्डा र प्रस्तावबारे दुई अध्यक्षबीच छलफल भएको एक नेताले बताए ।

नेकपाको विवाद समाधानका लागि सुझाव दिन गठित ६–सदस्यीय कार्यदलले दिएको प्रतिवेदनका आधारमा अध्यक्षबाट स्थायी कमिटी बैठकमा प्रस्तावहरु प्रस्तुत हुने र त्यसमाथि बैठकमा छलफल गरिने बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार